Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी फागुन १९ देखि २८ गतेसम्म विर्तामोडको डोमालाल रंगशालामा हुने भएको छ ।

गोल्डकप विजेताले यसपटक १२ लाख ५१ हजार रुपैयाँ नगद पाउने छन् । उपविजेताले ६ लाख पाउने छ । झापा गोल्डकपले सूदुरपश्चिमको खप्तड गोल्डकप र इटहरीको मदन भण्डारी गोल्डकपको विजेता राशीलाई उछिन्दै साढे १२ लाख ५१ हजार बनाएको हो । खप्तडको ११ लाख ११ हजार १ सय ११ छ भने मदन भण्डारी गोल्डकपको राशी १२ हजार छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले आज बिहान आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, मोफसलमा आयोजना हुने गोल्डकप मध्ये सर्वाधिक राशीको प्रतियोगिताको रुपमा झापा गोल्डकपको तेस्रो संस्करणलाई बनाएका छौं । गिरीका अनुसार यस वर्ष गोल्डकप सम्पन्न गर्न करिब १ करोड खर्च गरिने छ ।

गत बर्षको दोस्रो संस्करणमा ५३ लाख रुपैयाँ बचत भएको थियो । आयोजक झापा ११ फुटबल क्लवका प्रमुख जलकुमार गुरुङका अनुसार यस पटक उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया