Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजनको २ को खेलमा नेपाल र केन्याबीचको खेल जारी छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई केन्याले १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो । केन्याका इर्फान करिम बसन्त रेग्मीको बलमा आउट हुनुअघि ४२ रन बनाए । केन्याका लागि एलेक्स ओबान्डाले ४१ रन बनाए । त्यस्तै, केन्याका कोलिन्स ओबुयाले २७, नेल्सन ओधियाम्बोले २४ र शम गोचेले २३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने एकलैले ५ विकेट लिएका छन् । निकै किफाती बलिङ गरेका सन्दीपले नेपाललाई राम्रो लयमा ल्याएका थिए । उनले आफ्नो १० ओभरमा ५ मेडन ओभर राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले समान १–१ विकेट लिए ।

….

तपाईको प्रतिक्रिया