Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन–टूमा नेपालले आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको पुछारमा छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो ।  आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।

हेड टू हेडमा नेपालभन्दा केन्या बलियो देखिन्छ । नेपाल र केन्याले अहिलेसम्म ५ खेल खेलेकोमा नेपाल एक खेलमा मात्र विजयी भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत गएको वर्षको मार्चमा कीर्तिपुरमा भएका २ खेलमध्ये नेपालले एक खेल जितेको थियो ।

केन्याले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेट्टाएको थियो । नेपाललाई जिताउन ज्ञानेन्द्र मल्लले ६८ र दिपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए । जारी प्रतियोगितामा ज्ञानेन्द्र र दिपेन्द्र दुवैले राम्रो ब्याटिङ गर्न सकेका छैनन् । त्यसयता नेपाल र केन्याबीच खेल भएको छैन ।

केन्या सन् १९८१ देखि आइसीसीको एशोसिएट देशका रुपमा छ । सन् १९९६ मा एकदिवसीय र २००७ मा अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेट खेलेको केन्याले सन् २०१४ मा एकदिवसीय र र ट्वेण्टी ट्वेण्टी मान्यता गुमाएको हो ।

केन्याले सन् २००३ मा विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर सनसनी मच्चाएको थियो । केन्या सेमिफाइनलमा भारतसँग हारेको थियो ।

तपाईको प्रतिक्रिया