Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन ।

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजे र १५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ । दुवै टोलीले समान २-२ अंक जाडेका छन् ।

यसअघि भएको दुई खेलमध्ये पहिलो खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो भने युएईको नतिजा पनि समान छ । नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो । त्यस्तै युएईले भने केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो ।

तपाईको प्रतिक्रिया