Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – म्यानचेस्टर युनाईटेड तथा सेल्टिकका पूर्व मिडफिल्डर लियाम मिलरको ३६ वर्षको उमेरमा निधन भएको छ । आयरल्याण्डको राष्ट्रिय टिमका खेलाडी समेत रहेका लियामले २००४ देखि २००९ सम्म आयरल्याण्डबाट २१ क्याप जितेका थिए । क्यान्सरका कारण उनको उपचारका क्रममा निधन भएको हो ।

सन् २००० मा सेल्टिकबाट ब्यवसायकि करियर सुरु गरेका लियाम चार वर्षपछि म्यानचेस्टर युनाईटेडमा आवद्ध भएका थिए । त्यसपछि उनले लिड्स, सन्डरल्याण्ड जस्ता क्लवमा पनि ब्यवसायिक करियर बनाएका थिए । तर पछिल्लो पटक उनी अष्ट्रेलियन क्लवबाट फुटबल खेल्दै आएका थिए ।

खेल जिवनबाट सन्यास लिनुअघि लियामले २०१६ मा अमेरिका विभिन्न तीन क्लवबाट खेलेका थिए । लियामको निधनपछि उनका पूर्व क्लव तथा समकक्षीले सोसियल मिडियाबाट श्रद्धाञ्जली दिएका छन ।

तपाईको प्रतिक्रिया