Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत को आफ्नो दोस्रो खेलमा ओमनलाई नेपालले झिनो रनको लक्ष्य दिएको छ । नामिबियाको एफज पार्क मैदानमा टस जिटेर फिल्डिङ रोजेको ओमानलाई नेपालले सामान्य चुनौती दिएको हो ।

नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभरमा सबै विकेटको क्षतिम १३८ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि शरद भेषवाकरले २२ रन बनाए । नेपालका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । दिपेन्द्रसिंह ऐरीले २०, दिलिप नाथले १९ र कप्तान पारस खड्काले १७ रन बनाउदा सोमपाल कामी १७ रनमा अविजित रहे ।

त्यस्तै, नेपालका लागि रोहित कुमार पौडेलले १४, ज्ञानेन्द्र मल्लले ७ र आरिफ शेखले ६ रन मात्रै बनाउन सक्यो । रनमा गुमाएकाे ओमनका लागि कालिमुल्लाहले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया