Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – तेइसौं शीतकालीन ओलम्पिक शुक्रबारदेखि दक्षिण कोरियामा सुरु हुँदै छ । उत्तर र दक्षिण कोरिया बीच विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ ।

यतिबेला उत्तर र दक्षिण कोरिया विगतलाई केही हदसम्म विर्सिएर केही खेलमा संयुक्त टिम बनाएर सहभागि भएका छन् । जुन खेलकुद मार्फत राजनीतिक विवाद समाधान गर्ने अस्त्र बन्ने अनुमान गरिएको छ ।

उत्तर र दक्षिणको आईस हक्कि टिम संयुक्त रुपमा अन्य देशसँग भिड्ने छन् । यसैगरी रुसका एथलेटिक्स खेलाडीहरु ओलम्पिकको झण्डामुनि खेल्नुपर्ने बाध्यता पनि छ । रुसका धेरै खेलाडीहरु डोपिङमा परेपछि यस पटकको प्रतियोगितामा रुसको झण्डा नफहराइने भएको हो ।

१७ दिन सम्म चल्ने शीतकालीन ओलम्पिकमा ३ हजार वढी खेलाडीहरुले मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले सम्म ओलम्पिक हेर्नका लागि ७७ प्रतिशत बढी टिकट बिक्री भइसकेको छ ।

तपाईको प्रतिक्रिया