Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024
काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासँग १ विकेटको रोमाञ्चक जित हात पारेको छ । नेपाली बलरको धारिलो बलिङ र सुझबुझपूर्ण ब्याटिङका कारण विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले विजयी शुरुवात गरेका छ ।
नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

४९ औं ओभरमा नेपालले जोडेको १३ रन खेल जित्न महत्वपूर्ण रह्यो । यही ओभरमा वसन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरे । ५० औ ओभरको पहिलो बलमा २ रन लिएका वसन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए ।

अर्को नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भयो । नेपालको जितमा नायक बनेका वसन्त रेग्मीले अविजित २४ रन बनाए । २४ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

खेल जितेपछि नेपाली खेलाडीको खुशी भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया