Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

सुनसरी  – बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुनः आहा रारा गोल्डकपको फाइनलिस्ट नै दोहोरिएका छन् । बिहिबार भएको दोस्रो सेमिफाइनलमा कोलकात्ताको दुर्गापुर स्टिल्स फुटबल क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार क्लब उपाधि नजिक पुगेका छ ।

धरान रंगशालामा भएको खेलमा थ्रीस्टारको जितमा विष्णु गुरुङले अन्तिम समयमा गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७५ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गरे पनि रेफ्रिले अफसाइड दिए ।

८० औँ मिनेटमा सुनील बलको पासमा निराजन खड्काको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । त्यसको एक मिनेटपछि पुनः थ्रीस्टारका विश्वास श्रेष्ठको प्रहार पोष्ट माथिबाट बाहिरीयो । तर खेलको इन्जुरी समयको अन्तिम मिनेटमा विष्णु गुरुङले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा प्रवेश गराए । उपाधिका लागि थ्रीस्टारले पुलिस क्लवसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया