Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियाले नेपाललाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।

नामिबियाको इनिङलाई सस्तोमा समेट्ने क्रममा सन्दीप लामिछाने ४ विकेट लिए भने सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। दुवैले ३–३ विकेट हात पारे। सन्दीपले ८.२ ओभरमा १८ रन खर्चिदा २ मेडन राखे। सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए।

नेपालका लागि सरद भेषावकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आ–आफ्नो नाममा लेखाए।

सन्दीपले महत्वपूर्ण विकेट लिने क्रममा नामिबिया क्रियाग विलियम्सलाई ४१ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। विलियन्सले नामिबियाका लागि सवैभन्दा बढी रन जोड्ने क्रममा ३४ बल खेलेर ८ चौका प्रहार गरे। यस्तै, सन्दीपले सारेल वर्गरलाई पनि शून्य रनमा एलबिडब्लुकै सिकार बनाए। सन्दीपले बेर्नान्ड स्कोल्सले १ रनमा पारसबाट क्याच गराए। सन्दीपले अन्तिम विकेटको रुपमा जेजे स्मिथलाई १८ रनमा कप्तान पारसबाट क्याच गराएका थिए।

कप्तान पारस खड्काले इरासमसलाई शून्य रनमा बोल्ड गरेका थिए। शरदले जेएन फ्लाइलिंकलाई २२ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट क्याच गराए। बसन्तले जेपी कट्जेलाई ९ रनमा आउट गरे।

सोमपालले सुरुवाती ३ विकेट लिए। सोमपालले पहिलो ओभरमा एलपी भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। सोमपालले तेस्रो नम्बरमा ब्याटिङ गरेका जान ग्रिनलाई २२ रनमा बनाएर खेलिरहदा बोल्ड गर्न सफल भए।

नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, आरिफ शेख,  सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी।

डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया