Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धरान – नेपाल पुलिस क्लब, सुनसरीको धरानमा जारी २० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिएमजी संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै पुलिसले अन्तिम २ मा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५४ औँ मिनेटमा रेजिन सुब्बाले पुलिसलाई अग्रता दिलाए । सकंटाका प्रकाश बुढाथोकीले ६४ औँ मिनेटमा बराबरी गोल फर्काए ।

निर्धारित समयमा दुबै तर्फबाट समान गोल भएपछि थपिएको १५ मिनेटमा बुद्ध लामाले  गोल थपेपछि पुलिस फाइनलमा पुगेको हो ।  प्रतियोगिताको अन्तिम सेमिफाइनलमा भोलि रुस्लान थ्रीस्टार क्लव र भारतको दुर्गापुर स्टिल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया