Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  प्रिमियर क्लवहरु स्वान्सी सिटी र हडर्सफिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा पुगेका छन् ।

गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी र हडर्सफिल्डले अन्तिम १६ मा ठाँउ बनाएका हुन् । आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई ८-१ ले हरायो ।

यसैगरी हडर्सफिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४-१ ले पाखा लगायो । गएराती नैं भएको अर्को खेलमा मिलवाललाई १-० ले हराँउदै रोचडेल पनि प्रि क्वाटरफाईनलमा पुगेको छ ।

एफए कप फुटबलको चौथो चरणको रि प्लेमा आजराती टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया