Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

कैलाली – सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को लागि गरिएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरिएको छ । डीपीएलमा सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टबाट यस क्षेत्रका १२ जना खेलाडी छनौट गरिएका हुन् । ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनौट भएका छन् ।

यस्तै किरन कुमार आग्री, बसन्त सिंह कार्की, शेर मल्ल, पूर्ण सिंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनौट भएका छन् । ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जनामध्ये कम्तिमा पनि ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपिएल खेल्न पाउनेछन् । एक सय बढी खेलाडीहरुको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो ।

छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तिमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ । राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नुभएको थियो ।

डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया