मोरङ – २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आइतबार आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् ।
खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । उद्घाटन खेलमा शनिबार मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ ।