Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – ओपनर मञ्जोत कालराले शतकभन्दा बढी रन बनाएपछि भारतको युवा टोलीले चौथो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

अष्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारले ३८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । न्यूजिल्याण्डको बे ओभलमा शनिबार भएको फाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । कीर्तिमानी चौथो पटक विश्व च्याम्पियन बनाउन भारतका ओपनर मञ्जोत कालराले शानदार ब्याटिङ गर्दै १०१ रन बनाए ।

म्यान अफ द फाइनल बनेका कालराले १०२ बल खेलेर ३ छक्का र ८ चौका प्रहार गरे । कालराले हार्दिक देसाईसँग मिलेर तेस्रो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकाल्यो । देसाईंले ४७ रन बनाए । त्यसैगरी अर्का ओपनर तथा कप्तान पृथ्वी शले २९ रन बनाउँदा शुभम गिलले ३१ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाएका थिए । त्यस्तै परम उप्पलले ३४ र बनाउँदा ओपनर ज्याक एडवार्डले २८ रन बनाए । अष्ट्रेलियाको इनीङ धरापमा पार्न भारतका इशान पोरेल, शिव सिंह, कमलेश नगरकोटी र अनुकुल रोयले समान २/२ विकेट लिए ।

सेमिफाइनलमा भारतले पाकिस्तान र अष्ट्रेलियाले अफगानिस्तानको युवा टोलीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा प्रतियोगिताको उपाधि जितिसकेको छ । यसअघि दुवै टोली तीन तीन पटकका च्याम्पियन भैसकेका छन् ।

तपाईको प्रतिक्रिया