Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । कास्य पदक पक्का गरिसकेकी नेपालकी विमला श्रेष्ठ र पुनम रावलले बुधबार रजत पदकको लागि प्रतिस्पर्धा गर्ने टिम म्यानेजर रामबहादुर गिरीले जानकारी दिए ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपरान्ह हुने खेलमा ५४ केजीकी विमलाले भारतकी मनिषासँग खेल्ने छिन् । विमलाले ताजिकिस्तानकी सामिएभा फार्डियालाई आरएससिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी हुन् ।

यस्तै ६४ केजी तौल समूहमा पुनमले बसुमाटरी प्विलाओसँग खेल्ने छिन्  । क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा हराउँदै कांस्य पदक पक्का गरेकी हुन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलमा नेपालका मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घले पराजित भएका छन् । पुरुषतर्फ हेवीवेट ८१ केजी तौल समूहमा म्याक्स काजकिस्तानका जुसीप कुवानडिकसँग आरएससिको आधारमा पराजित भए ।

६४ केजी तौल समूहका भुपेन्द्र भारतका धिराजसँग अंकको आधारमा पराजित भए ।  यस्तै ६९ केजी तौलका विष्णु उज्वेकिस्तानका बाटुरोभ बोबो उस्मोनसँग अंकको आधारमा नै पराजित भए ।

तपाईको प्रतिक्रिया