Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो ।

खेलमा स्वान्सी सिटीलाई विजयी गराउन स्याम क्लुकासले दुई तथा जोर्डन आयुले एक गोल गरे । आर्सनलका नाचो मोन्रियालले सुरुआती गोल गरेका थिए ।

मंगलबारै राति भएको अर्को खेलमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले एक/एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्ट ह्याम युनाटेड र क्रिस्टल प्यालेसले एक–एक गोलको बराबरी खेलेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ७ खेल हुनेछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेस्ट ब्रोमसँग खेल्दा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाइटेड भिड्नेछन् ।

यसैगरी, चेल्सीले बर्नमाउथको सामना गर्दा एभर्टनले लेस्टर सिटीसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया