Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

पोखरा – पोखरामा जारी १६ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी र विभागीय नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वाटरफाइनल भिडन्त पोखरा रंगशालामा अपरान्ह ३ बजे सुरु हुनेछ । मनाङ सिधै वाई पाएर अन्तिम आठमा प्रवेश गरेको हो भने पुलिसले झापा ११ को चुनौती पन्छाउँदै मनाङसँगको भेट पक्का गरेको थियो ।

आजको विजेताले सेमिफाइनलमा धरान फुटबल क्लबलाई प्रतिद्धन्दीको रुपमा पाउने छ । धरानले प्रि क्वाटरफाईनलमा सिक्किम फुटबल क्लब र क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनलमा विभागीय नेपाल एपिएफलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लव, प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । २ विदेशी सहित १२ टोली सहभागी प्रतियोगिताको उपाधी विजेताले ७ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया