Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – नेपाल क्रिकेट संघ क्यानको प्रस्तावित विधान संशोधन आगामी विशेष अधिवेशनबाट पारित भए निलम्बन फुकुवा हुने संकेत दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि, निर्वाचित क्यानका पदाधिकारी र सल्लाहकार समितिबीचको छलफल सकारात्मक भएपछि आईसीसीले यस्तो सङ्केत गरेको छ ।

आइसीसीले आफ्ना प्रतिनिधि इमरान ख्वाजाको उपस्थितिमा भएको बैठकमा बिधान संशोधनका लागि गरेको सिफारिश अनुमोदन गरे आइसीसीको आगामी बोर्ड बैठकबाट क्यान माथिको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको हो । हिजोको बैठकमा आईसीसीले चुनावी साधारणसभामा सरकारका ७ प्रतिनिधि रहने व्यवस्था खारेज गर्न भनेको थियो ।

निर्वाचित क्यानका १७ सदस्य आगामी विशेष अधिवेशनमा स्वत: सहभागी हुन पाउने प्रावधान पनि हटाउन आईसीसीले भनेको छ ।  छलफल सकारात्मक रुपमा अघि बढेको र समाधानका लागि मुलुकभित्रका पक्षहरुको भूमिका अब महत्वपूर्ण हुने सल्लाहकार समितिका सदस्य रोहित दाहालले बताउनुभयो ।  बैठकमा ३४ जिल्लामा सम्पन्न निर्वाचनका बारेमा पनि छलफल भएको थियो ।

आईसीसीका प्रतिनिधिले सबै जिल्लामा पुन: निर्वाचन गर्न भनेपनि निर्वाचित क्यानका पदाधिकारीले विवाद भएको जिल्लामा मात्रै अधिवेशन गर्नुपर्ने अडान राखेका छन् । गत अप्रिल २३ मा दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बनगर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया