Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँ दिल्ली  – इन्डियन प्रिमियर लिग (आइपिएल) को एघारौं संस्करणका लागि खेलाडीहरूको लिलामी आज शनिवारदेखि हुँदैछ। दुई दिनसम्म चल्ने लिलामीको प्रक्रियामा विश्व चर्चित खेलाडीको किनबेच हुनेछ।

यसपालि ५ सय ७८ खेलाडी अक्सनमा समावेश छन्। २००८ देखि सुरु भएको आइपिएल विश्वमै सर्वाधिक चासोका साथ हेरिने टि–२० प्रतियोगिता हो। यसलाई विश्व क्रिकेटमा हुने सबैभन्दा ठूलो लिलामी पनि मानिन्छ।

यसपालि ८ वटा फ्रेन्चाईजले १८ खेलाडीलाई आफ्नो टोलीमा समावेश गराइसकेका छन्। बाँकी १ सय ८२ भाग्यमानी खेलाडीका लागि बोली लाग्दैछ। एघारौं संस्करणको आइपिएलमा ६२ खेलाडी यस्ता छन्, जसले आफ्नो देशबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरिसकेका छन्। यसपालि २ सय ९८ ‘अन क्याप्ड’ भारतीय खेलाडीलाई लिलामीमा समावेश गरिएको छ।

यस्तै १३ भारतीयसहित ३६ खेलाडी यस्ता छन्, जसको आधार मूल्य (बेस प्राइस) दुई करोड भारतीय रुपैयाँ छ।

तपाईको प्रतिक्रिया