Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो-यही जनवरी २८ तारिख अाइतवारका दिन वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको आयोजनामा जापानमा पहिलाे पटक नेवार फुड फेस्टिवल हुने भएकाे छ । टोकियोको इकेगामी खाइकान हलमा हुन गइरहेको नेवा फुड फेस्टिवल  (नेवा:नसा नख:२०१८) को सम्पूर्ण तयारी लगभग पूरा भइसकेकाे संस्थाका संयोजक सुनिलकुमार शाक्यले बताउनुभयो ।

जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ को उपलक्षमा नेवा: फुड फेस्टिवल २०१८ सम्पन्न हुन लागेको हो  । जापानीहरुको उल्लेख्य सहभागिता रहने यस कार्यक्रमबाट जापानीहरू बीच नेवार खाना र संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने जानकारी आयोजक कमिटीका प्रतिनिधि मासाहिरो यामाकावा ‘ब्यांचा दाई’ ले बताउनुभयो । त्यसो त कार्यक्रममा नेवार संस्कृति तथा भेषभूषा झल्कने नृत्यहरू पनि प्रस्तुत गरिनेछ । कुमारी, लाखे नाच, धिमे बाजा, भुस्या बाजा लगायत नेपालकै जात्राकाे अनुभूति दिलाउने प्रस्तुतिहरू प्रश्तुत गरिने सांस्कृतिक संयोजक सकुल प्रजापति बताउनुहुन्छ । कुमारी, धिमे बाजा र लाखे नाचकाे प्रस्तुति एतिहासिक तरिकाले पस्कने तयारी भइरहेकाे धिमे बाजाका गुरू रूकेश गोसाईले बताउनुभयो । कार्यक्रममा जापानी कलाकारहरू युकाे अाेकामाेताे र अाकिकाे कुमेकाे पनि कला प्रस्तुति रहने भएकाे छ ।

कार्यक्रममा अागन्तुकहरूले नेवार परिकारहरूकाे स्वाद लिन पाउनेछन् । पहुनाहरूलाई समेबजिले स्वागत गरिने कार्यक्रम रहेकाे छ । यस फेस्टिवलले नेपाल पर्यटन प्रवर्धनकाे लागि पनि टेवा पुग्ने अायाेजकले बताएकाे छ । उक्त फेस्टिवलमा सहभागी हुन अग्रिम टिकट बुकिंग गर्नु पर्ने संस्थाले बताएकाे छ । बेलुकी ६ः३० बजेदेखि हुने कार्यक्रममा जापानी साथीहरूका साथ उपस्थित भइ नेवार खानाकाे स्वाद लिनुका साथै नेवार संस्कृति र परम्पराकाे पनि जानकारी लिन सम्पूर्णमा अायाेजकले अनुरोध गरेकाे छ । ***

तपाईको प्रतिक्रिया