Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी – धनगढीमा जारी सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् ।

रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खेलिसकेका खेलाडीहरु रहेकाले दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।  यसअघि हिजो भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्रीस्टार क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा १२ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया