Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  क्रिष्टल प्यालेसलाई हराउँदै ब्राईटन एण्ड होभ आल्बियोन एफए कप फुटबलको चौथो चरणमा उक्लिएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा ब्राईटनका ग्लेन मरेले आफ्नै पुरानो क्लब प्यालेसविरुद्ध निर्णायक गोल गरेका थिए । यसअघि ब्राईटनका डेल स्टेफेन्स र प्यालेसका बकारी साकोले एक–एक गोल गरेका थिए ।

यो खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.) प्रविधि प्रयोग गरिएको थियो । इङ्ल्यान्डमा कुनै पनि प्रतिस्पर्धात्मक फुटबल खेलमा पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो ।

खेलका क्रममा रेफ्रीलाई निर्णय दिन कठिन भएको अवस्थामा यो प्रविधिको सहायता लिन पाईन्छ । यो प्रविधिको प्रयोग फुटबल म्याचको दौरान मुख्य चारवटा अवस्थामामात्रै गर्न पाईन्छ । गोल, पेनाल्टी, सिधा रातो कार्ड र खेलाडी पहिचानमा समस्या हुँदा यो प्रविधि प्रयोग गर्न पाईने व्यवस्था आधुनिक फुटबलमा गरिएको छ ।

तपाईको प्रतिक्रिया