Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर जापानी बृद्धा महिला राजधानी फर्केकी छन् । उनको  सम्मानमा शुक्रबार राजधानीमा एक भव्य कार्यक्रम आयोजना भयो ।
७३ वर्षको बृद्धा उमेरमा सगरमाथा नापेर फर्केकी जापानी महिला तामाए वातानाबेले आफू साँच्चै बुढी भएको महसुस गरेको बताइन् । उनले १० वर्षअघि बनाएको विश्व रेकर्ड तोडेकी हुन् । सन् २००५ मा भएको दूर्घटनामा चोटग्रस्त उनले अब सगरमाथा आरोहण गर्न नसक्ने हुँ कि भन्ने आशंका रहे पनि सफल भएको बताइन् ।
‘यो आरोहण निकै अप्ठ्यारो थियो, मैले धेरै कमजोर महसुस गरें, शक्ति गुमाएको महसुस गरें, यो समय निकै फरक रह्यो,’ उनले भनिन्, ‘मैले साँच्चिकै बुढो भएको महसुस गरें ।’
७३ वर्ष १८० दिनकी तामाए वातानाबेलेले मई १९ मा सगरमाथा चुचुरो पुगेकी थिइन् । यस दिन अरु २ सय आरोहीले पनि सगरमाथाको सफल आरोहण गरेका थिए । चार जनाको भने मृत्यु भएको थियो ।
अघिल्लो आरोहणभन्दा यसपटक सगरमाथाको तापक्रम तातो भएको महसुस गरेको उनले बताइन् । आफू जापान फर्केपछि युवा महिला आरोहीलाई सगरमाथा आरोहणमा प्रेरित गर्ने उनले बताइन् ।
तपाईको प्रतिक्रिया