Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सोलुखुम्बु- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल शनिबार सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका छन् ।

लुम्बिनी-सगरमाथा शान्ति अभियान- २०१२का नाममा माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वको टोली सगरमाथा आरोहणका लागि निस्किएको हो । मन्त्रिपरिषद् बैठकलले माओवादी केन्द्रीय सदस्य केसी नेतृत्वको ११ सदस्यीय सगरमाथा आरोहण टोलीलाई दुई करोड रुपैयाँ दिने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि टोलीले सरकारी सहायता नलिने घोषणा गर्दै अब सर्वसाधारणसँग एक-एक रुपैयाँ सहयोग लिएर सगरमाथा चढ्ने दाबी गरेको थियो ।

सगरमाथाको शिखर चुम्नका लागि सगरमाथाको अन्तिम क्याम्प वा सगरमाथा साउथपोलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालसहित १ सय २८ जना आरोही पुगिसकेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत आङदावा शेर्पाले जानकारी दिए।

शुक्रबारमात्रै ६० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। बिहान १० देखि २ बजेसम्ममा ३१ जना नेपाली र २९ जना विदेशीले सगरमाथाको सफल आरोहण गरेका हुन।

 

तपाईको प्रतिक्रिया