Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – सर्वोच्च अदालतले डा शशि शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन पदमा पुनर्वहालीको फैसला गर्दै चार दिनका लागि काम गर्न परमादेश जारी गरेको छ ।
आज शर्मालाई पुनर्वहाली गर्न आदेश गर्दै हालका डीन जगदीशप्रसाद अग्रवालको बारेमा पनि नियुक्ति गैरकानुनी नभएको फैसलामा उल्लेख छ ।

अग्रवालको नियुक्ति गैरकानुनी भएको भनी पुष्टि गर्ने आधार र कानुन नभएको जिकिर गर्दै सर्वोच्चले शर्माको हकमा पुनः वहाल हुन चाहेमा मात्र बाँकी समयमा उपस्थित भई हाजिर हुन पाउने बाटो खोलेको हो ।

सर्वोच्चको फैसलाका आधारमा शर्मा आजको मितिबाट बुधबारसम्म डीन हुन पाउनेछन् । हालका डीन अग्रवालको विषयमा सर्वोच्चले गैरकानुनी नभनेकाले शर्मापछि उनी नै निरन्तर पदमा रहने देखिन्छ ।

‘हाल नियुक्त भएका प्रा डा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको र एउटा संस्थाको सञ्चालनमा डीनको नियुक्तिको अभावमा विपक्षी संस्थालाई पर्न सक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नुपर्ने भएकाले निजको नियुक्तिलाई यस मुद्दाबाट बोल्न मिलेन’, सर्वोच्चको फैसलमा भनिएको छ ।

२०७० पुस २८ गते नियुक्त भएका डा शर्माको चारवर्षे पदावधि यही पुस २७ गते सकिनेछ । आइतबारको आदेशमा निवेदकले बाँकी चार दिनको हकमा वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानू भनिएको छ ।

तपाईको प्रतिक्रिया