Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् ।

बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ ।

बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि नेयमार गत अगष्टमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) गएयता बार्सिलोनाले उनको स्थानमा कौटिन्होलाई लैजान खोजेको थियो ।

कौटिन्होको ट्रान्सफर आधिकारिक भएमा कुनै पनि ब्रिटिस क्लब संलग्न भएको यो सबैभन्दा ठूलो सम्झौता हुनेछ । कौटिन्होले जारी सिजनमा लिभरपुलका लागि १२ गोल गरिसकेका छन् ।

बार्सिलोना हाल स्पेनिस ला लिगाको पहिलो स्थानमा रहेको छ भने लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया