Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरण अन्तर्गत गएराति खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लिभरपुललाई जिताउन जेम्स मिल्नर र भर्जिल भान डेकले गोल गरे ।

यस्तै एभर्टनका लागि जिफी सिगुर्ड्सनले एक गोल फर्काए । लिभरपुल एभर्टनसँगका पछिल्ला १६ खेलमा अपराजित छ । यसमा ८ खेल जितेको छ भने ८ खेलमा बराबरी भएको छ ।

यसैगरी गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पनि डर्बी काउन्टीलाई २-० गोलले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे ।

तपाईको प्रतिक्रिया