Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले बराबरीमा चित्त बुझाएका छन् ।

गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ७० औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । तर खेल सकिन ६ मिनेट बाँकी छँदा टोटनह्यामका हिउङ मिन सनले एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि टोटनह्याम हट्सपर २२ खेलबाट ४१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा कायम छ । २२ खेलबाट २२ अंक जोडेको वेष्टह्याम भने १५औं स्थानमा छ ।

इंग्लिश प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो तथा ४४ अंक जोडेको लिभरपूल चौथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया