Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ ।

विजेताले २५ लाख रुपैयाँ सहित उपाधी पाउने प्रतियोगितामा ६ शहरका ६ वटा टिम सहभागी हुनेछन् । आयोजकले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्येक टीममा दुई विदेशी खेलाडी हुनुपर्नेछ । त्यसैगरी ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य राख्नुपर्नेछ ।

प्रतियोगिताको उप विजेताले १० लाख रुपैयाँ पाउने छ । साथै प्रतियोगिताको बेस्ट प्लेयरले एउटा मोटरसाइकल पाउने जनाइएको छ । प्रतियोगिता हेर्न चाहनेका लागि इसेवा मार्फत् टिकट बिक्रीको व्यवस्था गरिएको छ । यसका लागि आयोजकको इसेवासँग सम्झौता भएको छ ।

डिपिएलका तर्फबाट सुवास राई र इसेवाका तर्फबाट अस्गर अलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए । यसअघिको संस्करणमा चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै पदक सुरक्षित गरेको थियो ।

तपाईको प्रतिक्रिया