Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
संयुक्त राज्य अमेरिका– “एउटै सपना, एउटै समुदाय, एउटै समारोह” भन्ने मूल नाराका साथ अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एसोसिएसन अफ नेपलिज इन द अमेरिका (एएनए)को ३०औँ वार्षिक सम्मेलन टेक्सास राज्यको डल्लास सहरमा आउँदो असार १५ गतेदेखि हुने भएको छ ।
सम्मेलन सफल पार्न एएनएका पूर्व महासचिव धीरेन गुरुङको अध्यक्षतामा तीन सदस्यीय टोलीसमेत गठन गरिएको छ । एएनएका केन्द्रीय अध्यक्ष छेवाङ शेर्पा लामाले बिहीबार यहाँ प्रेस विज्ञप्ति जारी गरी अमेरिकामा नेपाली समुदायको बसोवास दिनानुदिन बढ्दै गइरहेका बेला आयोजना हुन थालेको सो सम्मेलनले नेपाली–नेपालीबीचमा आत्मीयता बढाउने तथा भाइचाराको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा विभिन्न विद्यामा अन्तक्र्रिया , नेपाली सांस्कृतिक कार्यक्रम, एघार प्रकारका प्रतियोगितात्मक खेलकुद प्रतियोगिता आयोजना हुनेछन् । विजयीलाई पुरस्कारसमेत प्रदान गरिने छ । त्यसैगरी, बालबालिकाको हाजिरीजवाफ, हिज्जेलगायतका कार्यक्रम तथा महिलावर्गलाई उच्च प्राथमिकता दिई उनीहरू सहभागी हुने खालका कार्यक्रम गरिने छ ।
तीनदिने सम्मेलनमा अमेरिकाका सबै राज्यबाट करिब पाँच हजार नेपाली आउने अपेक्षा गरिएको छ । उक्त संस्था सन् १९८३ मा नेपालीले स्थापना गरेका हुन् ।
तपाईको प्रतिक्रिया