Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सोलुखुम्बु– घरमा खाने चामल सकियो, नुन सकियो अर्थात् दैनिक जीवनमा उपभोग गर्दै आएका खाद्यान्न सकियो भने तीनदिनको बाटो हिँडेर ल्याउनुपर्छ । मात्र एक किलो नुन किन्नकै लागि पनि खुम्जुङ गाविसको छुकुङका स्थानीय बासिन्दाले तीनदिनको समय खर्च गर्नुपर्छ ।
छुकुङवासीलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न लगायत अन्य आवश्यकीय समान खरिद गर्नका लागि नाम्चे बजारसम्म आउनुपर्छ । हाइ अल्टिच्युडको बाटो भएकाले छुकुङबाट नाम्चे आउँदा एक दिन र सामान लिएर जाँदा दुई दिन गरी तीन दिन खर्च गर्नुपर्छ ।
दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको हिमाली दुर्गम गाविस खुम्जुङमा पर्यटकको आवगमनबाट कमाइएका रकम बाहेक अन्य आयस्रोत छैन । पहिले खुम्बुक्षेत्रको गतिलो आर्थिक स्रोतको आधार चांैंरीपालन व्यवसाय पनि विस्तारै हराउँदै गएकाले पनि खुम्बुवासी पर्यटकमा निर्भर रहनुपरेको हो ।
‘नाम्चेबाट छुकुङसम्म आपैmँले बोकेर पु¥याउँदा ३० किलो मख्खन चामलको रु आठ हजार पर्छ । अरूलाई बोकाएर लाने हो भने त ३० किलो चामलको रु १० हजारसम्म पुग्ने गरेको छ’,छुकुङका स्थानीय बासिन्दा पासाङबुटी शेर्पाले बताउनुभयो, ‘खुम्जुङ गाविसको पनि उत्तरपूर्वमा रहेको छुकुङ गाउँ अन्तिम मानव बस्ती हो, आजभन्दा २० वर्ष अगाडि त यहाँको जनजीवन अत्यन्त कष्टकर, अभावै अभावले गाँजेको थियो, एक पाथी चामल लगायत अन्य खाद्यान्न किन्न जानुप¥यो भने एक महिना लाग्थ्यो ।’
पछिल्लो समयमा सगरमाथा आरोहीले आइलम्पिक हिमाल आरोहण गर्न थालेपछि यहाँको जनजीवमा सहजता आएको स्थानीय बासिन्दा बताउँछन् ।
सगरमाथा आरोही हाई अल्टिच्युड पचाउनका लागि आइलम्पिक हिमाल चढेर मात्र सगरमाथा चढ्न जाने भएकाले पनि छुकुङको स्थानीय बासिन्दाको जीवनस्तर माथि उठेको हो ।
विश्वका १४ खतरामध्ये इम्जा हिमताल पनि यही गाउँ हुँदै जानुपर्ने भएकाले पछिल्लो समयमा इम्जा हिमताल अध्ययन तथा हेर्नकै लागि भए पनि सयौँको सङ्ख्यामा विदेशी आउने गरेका कारण यहाँको जीवनस्तर विस्तारै आर्थिक समृद्धितिर लम्किरहेको स्थानीय बासिन्दा बताउँछन् ।
तपाईको प्रतिक्रिया