Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेपाली सेनाले उपभोग गर्दैआएको कालीका मन्दिर परिसर तत्काल खाली गरी पूजाआजा र मनोरञ्जनात्मक कार्यमा सहज पारिदिन स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।
आफ्ना मनोकांक्षा पुरा गराउने कालीकामाई भएको र मन्दिरमा पूजाआजा गरी चढाइएका प्रसाद ग्रहण गरेर दिनभर मनोरञ्जन लिन बाह्य क्षेत्रबाट आएका भक्तजनले पाटी उपयोग गर्न, पिकनिक समेतका कार्यमा बाधा पुगेकाले मन्दिर परिसर खाली गर्न गराउन आग्रह गरिएको भक्तजन बताउँछन् ।
विसं २०६० साउन ३० गते राति आएको विनाशकारी पहिराले मेजरसहित २४ जनाको ज्यान गएपछि नेपाली सेना राम्चे इलाका छाडी कालीका मन्दिरमा रहन थालेको हो ।
स्थानीय माधव लामिछानेका अनुसार टाढाबाट पिकनिक आउने व्यक्ति घट्न गएको, मन्दिर परिसरमा वनस्पति नाश हुँदै गएको, सवारी साधन भएका स्थानीय बासिन्दा एक गाउँबाट अर्को गाउँ जान नपाएका कारण सेनालाई स्थानान्तरण गर्नुपर्ने जनआवाज बढिरहेको छ ।
तपाईको प्रतिक्रिया