Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  नेत्रहीनहरुले खेल्ने टी-२० विश्वकप क्रिकेट खेलिसकेको नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप खेल्दैछ। पाकिस्तानमा हुने पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमार्फत नेपालले ५० ओभरको विश्वकपमा आफ्नो उपस्थिति जनाउन लागेको हो।

टि–२० विश्वकपको अनुभव बटुलिसके पनि नेपाल अहिलेसम्म नकआउट चरणमा पुग्न सकेको छैन। तर नेपाल पहिलो पटक खेल्न लागेको एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा रहेको छ।

यही जनवरी ७ देखि २१ सम्म हुने नेत्रहीन एकदिवसिय विश्वकप पाकिस्तान र युएईले संयुक्त रुपमा आयोजना गर्दै छ। जहाँ नेपाल र आयोजक पाकिस्तानहसित कूल ६ टिमको सहभागिता रहनेछ।

सुरक्षाका कारण देखाउँदै अन्तिम समयमा ३ राष्ट्रले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि ६ टिमबीच प्रतिस्पर्धा हुने भएको हो।

आयोजकले एसियाका राष्ट्र बाहेक अन्य देशको खेल दुबईमा मात्र राखे पनि ३ देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्। त्यसैले पनि राउन्ड रोविन हुने प्रतियोगितामा नेपालले २ खेल जित्ने सके पनि सेमिफाइनल यात्राको लागि पर्याप्त रहेने छ।

२ देशबीच राजनितिक रुपमै ठुलो शत्रुता भएपनि भारतले भने पाकिस्तान भ्रमण गर्दैछ। वेस्ट इन्डिज, साउथ अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेको थियो।

 

नेपालको पहिलो खेल बंगलादेशसँग

नेपालले जनवरी ८ मा बंगलादेशसँग पहिलो खेल खेल्दै नेत्रहीन एकदिवसिय विश्वकपको सुरुवात गर्नेछ। उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ।

नेपालले दोस्रो खेल जनवरी ९ मा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ। उक्त खेल पाकिस्तानको फैसलावादमा हुनेछ। त्यसको भोलिपल्ट जनवरीमा १० फैसलावादमै घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्नेछ। भारत र पाकिस्तान पछिल्लो संस्करणका विजेता र उपविजेता समेत हुन्।

राउण्ड रोविन लिगको बाँकी २ खेल खेल्न नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछन्। नेपालले चौथो खेल १३ जनवरीमा दुबईको अजमानमा अस्ट्रेलियासँग खेल्नेछ। अजमानै जनवरी १५ मा श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ।

पहिलो सेमिफाइनलमा १७ जनवरीमा अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल १८ जनवरीमा अजमानको एमसिसी क्रिकेट मैदानमा हुनेछ। फाइनल खेल जनवरी २१ मा लाहोरको गद्दाफि स्टेडियममा हुनेछ।

यसअघि सन् १९९८ मा भएको पहिलो नेत्रहीन एकदिवसिय विश्वकप साउथ अफ्रिकाले जितको थियो। त्यसपछि भने सन् २००२ र २००६ मा पाकिस्तानले लगातार दुई पटक उपाधि जितेको थियो। पछिल्लो पटक सन् २०१४ मा भारत च्याम्पियन बनेको थियो।

तपाईको प्रतिक्रिया