Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक-एक गोल गरे ।

जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ ।

शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ । प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले बर्न्लेलाई २-१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३-० ले पराजित गर्‍यो ।

यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १-० ले हराउँदा ब्राईटन र बर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया