Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – १६ औं राष्ट्रिय महिला लिग फुटवलमा आज पनि दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मध्यान्ह् सवा १२ बजे सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र पश्चिमाञ्चल क्षेत्रीय क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

दोश्रो खेलमा एपिएफ र सुदुरपश्चिमाञ्चलबीच खेल हुनेछ । दिउँसो सवा दुई बजेपछि खेल सुरु हुनेछ । तीन विभागीय र पाँच विकास क्षेत्रका ८ टोली सहभागी प्रतियोगिताको बिजेताले दुई लाख रुपैयाँ पुरस्कार हात पार्नेछ ।

हिजो भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमाञ्चल विजयी भएका छन् । पुलिसले मध्यमाञ्चल माथि ६–१ गोल अन्तरले र सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चल माथि ४–० गोल अन्तरले जित हात पारेका छन्  ।

तपाईको प्रतिक्रिया