Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– चर्चित अभिनेत्री रेखा थापाले पति छवि ओझासँग सम्बन्ध विच्छेद प्रक्रिया सुरु गरेपछि नयाँ श्रीमानको चर्चा फिल्मी क्षेत्रमा चल्न सुरु भएको छ ।
तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छविसँग सम्बन्ध बिग्रिएपछि रेखाले १२ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्दैछिन् । उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने पक्कापक्की भए पनि सम्पत्तिको विषयमा कुरा मिल्न सकेको छैन ।
स्रोतका अनुसार सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा छवि र रेखाबीच सम्बन्ध विच्छेद गर्ने सहमति त भयो तर केही समस्या पैदा भए । रेखा छविको सम्पत्ति चाहन्छिन् तर विवाह दर्ता नभएकाले कानुनीरुपमा रेखा तल छिन् ।
यसैबीच नेपाली सञ्चारमाध्यमले रेखाले विदेशमा बस्ने एक नेपालीसँग विवाह गर्न  लागेको समाचार प्रकाशन गरेका छन् । ती व्यक्तिको नाम नखुले पनि रेखाले एउटा घर किनिसकेको चर्चा छ ।
तपाईको प्रतिक्रिया