Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । आइतबार पहिलो दिन दिउँसो १२ बजेपछि नेपाल प्रहरी र मध्यमाञ्चल तथा पौने ३ बजेपछि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र कोचलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया