Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – एभरेस्ट प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको छ ।

विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य भैरहवाले प्राप्त गर्न सकेन। भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले।ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए।

विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन खाएपछि टोली दबाबमा पारेको थियो। विराटनगरका लागि अनिल साहले ३, करण केसीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए। अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो। टोलीका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए । पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे। भैरहवाका कृष्ण कार्की र भुवन कार्कीले २-२ विकेट लिए।

तपाईको प्रतिक्रिया