Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

इपिएलमा भैरहवा र विराटनगरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेदेखि हुने उपाधि भिडन्तमा रोमाञ्चक प्रतिस्पर्धा हुने विराटनगरका कप्तान पारस खड्का र भैहरवाका कप्तान शरद भेषावकरले अपेक्षा गरेका छन् ।

फाइनलअघि भएका दुवै प्रतिस्पर्धामा विराटनगर विजयी भएको थियो । विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो ।

इपिएलमा एक्लो अपराजित टिम विराटनगरका कप्तान पारसले टिमको फर्मलाई जारी राख्ने बताएका छन् । भैरहवाका कप्तान शरद भने तेस्रो खेलमा जित हात पारेर दुई खेलमा बेहोरेको हारको बदला लिन चाहान्छन् ।

तपाईको प्रतिक्रिया