Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

लन्डन –  इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई हराएको छ ।

गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा आर्सनलले ३–२ को कठिन जित निकालेको हो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेजले दुई गोल गरे भने खोद्रान मुस्ताफीले एक गोल गरे ।

पराजित टोलीका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टम्किन्सले एक–एक गोल गरे । जितसँगै आर्सनलले तालिकाको पाँचौ स्थानमा रहेको टोटनह्याम हट्सपरसँग समान ३७ अंक जोडेको छ । लिगमा २० खेलबाट ५८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

१५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ४२ अंक छ ।

तपाईको प्रतिक्रिया