Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु हुँदैछन् ।

लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो ।

लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि आज पहिलो क्वालिफायर खेल्दैछ ।

पराजित टोलीले तेस्रो र चौथो स्थानमा रहेका ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीचको आजै हुने प्ले अफ् खेल विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

उक्त खेलको विजेता पनि फाइनलमा पुग्नेछ । इपिएल क्रिकेटको समुह चरणमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेका काठमाडौ. किङ्स ईलेभेन र चितवन टाईगर्स भने समुह चरणबाटै बाहिरिएका छन् ।

हिजो भएका लिग चरणका अन्तिम खेलहरुमा भैरहवाले चितवनलाई पराजित गर्दा ललितपुरले पोखरालाई निराश पा¥यो ।

तपाईको प्रतिक्रिया