Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – बिराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको क्वालिफायरमा स्थान बनाउँदा ललितपुर प्याट्रिएट्स र पोखरा राईनोज पनि इलिमिनेटरमा प्रवेश गरेका छन् ।

सतप्रतिशत नजिता सहित बिराटनगर १० अंकमा शीर्ष स्थानमा रहँदा भैरहवा ८ अंकमा दोस्रो स्थानमा रह्यो । पोखरासँग समान ४ अंक भएपनि रनरेटमा ललितपुर तेस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको हो । प्लेअफमा बिराटनगर र भैरहवाबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले ललितपुर र पोखराबीच हुने इलिमिनेटर राउण्डको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

दुवै खेल भोली हुनेछन् । समान २ अंक भएका काठमाडौं किङ्स एलेभेन र चितवन टाईगर्स भने लिग चरणबाटै बाहिरिएका छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा चितवनलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य भैरहवाले ९ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रनको सामान्य योगफल तयार पारेको थियो ।

आजै भएको लिग चरणको अन्तिम खेलमा पोखराले दिएको १ सय ३३ रनको लक्ष्य ललितपुरले इनिङ्सको अन्तिम बलमा ४ विकेट गुमाएर भेट्टायो । यसअघि ओपनर सुनिल धमलाले नटआउट ७० र राजेश पुलामी मगरले ३२ रन बनाएपछि पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

तपाईको प्रतिक्रिया