Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित निकालेको छ । अाज भएको खेलमा ललितपुर पेट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ललितपुरले दिएको १३१ रनको लक्ष्य चितवनले १९ ओभर २ बलमा मात्र ५ विकेटले पुरा गर्यो ।  यो जितसँगै चितवनले इपिएल क्रिकेटको अंक तालिकामा खाता खोलेको छ ।  चितवन अघिल्ला तीन खेलमा पराजित भएको थियो । यस्तै ललितपुरको यो लगातार तेस्रो हार हो ।

ललितपुरले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनको जितमा नायक बने कप्तान दिपेन्द्र सिहं एरी र भारतीय खेलाडी प्रविन गुप्ता ।  अर्धशतकीय पारी खेलेका दिपेन्द्रले ५५ तथा प्रविनले अविजित ५६ रन बनाए । ललितपुरका सन्नी पटेलले ३ तथा सन्दिप लामिछाने र ललित राजवंशीले समान १ – १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो । ललितपुरका जय किशन कोल्सावालाले ३१ तथा शंकर रानाले २७ रन जोडे ।  त्यस्तै ललितपुरका सुवोध भाटीले २३, सोनु तामाङले १९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए ।  चितवनका योगेन्द्र सिंह कार्कीले ४ तथा प्रविन गुप्ता र प्रमेश कुमारले समान २ – २ विकेट लिए ।

यो जितसँगै चितवनले लिगमा ४ खेलबाट २ अंक जोडेको छ । चितवन लिगको पुछारमा छ ।  पराजित ललितपुर ४ खेलबाट २ अंक जोडेर लिगको चौथो स्थानमा छ ।

 लिगमा चार खेल जितेको विराटनगर वारिवर्स ८ अंकसहित शिर्ष स्थानमा रहदा ४ अंक जोडेको पोखरा राइनोज दोस्रो र ४ अंक नै जोडेको भैरहवा ग्लाडियटर्स तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया