Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौं – आज तरकारीको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारीअनुसार अधिकांश तरकारीको भाउ घटेको छ ।

प्रतिकिलो च्याउको थोक मूल्य ५० रुपैयाँ घटेर १२५ रुपैयाँ कायम भएको छ । त्यस्तै ८८ रुपैयाँ रहेको गोलभेंडा १६ रुपैयाँ घटेर ७२ रुपैयाँ भएको छ । गाँजर, बकुल्ला र भेडे खुर्सानीको थोक मूल्य प्रतिकिलो २० रुपैयाँको दरले घटेर क्रमशः ७८, ७५ र ७२ भएको छ ।

त्यसैगरी हप्ता दिनअघि ८९ रुपैयाँ रहेको प्याज ६ रुपैयाँ घटेर ८३, ४२ रुपैयाँ रहेको स्थानीय काउली १४ रुपैयाँ घटेर २८, ३८ रुपैयाँको मुला १० रुपैयाँ घटेर प्रतिकिलो थोक मूल्य २८ रुपैयाँ भएको छ । मटरकोशा, घिउ सिमी, परवर, लौका, हरियो फर्सीलगायत दुई दर्जनभन्दा बढी तरकारीको भाउ घटेको समितिको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया