Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौं – मंगलवारदेखि लागू हुनेगरी व्यवसायीले हवाई भाडा बढाउन लागेपछि सरकारले वायुसेवा सञ्चालक संघमा छापा मारेको छ ।

इन्धनको मूल्य बढेको नाममा भाडा बढाउने निर्णय गरेसँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमवार संघमा अनुगमन गरी कागजात नियन्त्रणमा लिएको हो । संघले मंगलवारदेखि हवाई भाडामा २ सय २० रुपैयाँसम्म वृद्धि गरेपछि उक्त भाडा मूल्य अस्वभाविक भएको भन्दै संघमा अनुगमन गरेको हो ।

भाडा बढाउने निर्णय गरेपछि विभागले संघसँग हालसम्मका सबै कागजात मगाएको छ । अनुगमन टोलीका निर्देशक रमेशकाजी श्रेष्ठले भाडा बढाउनुपर्ने कारण, सम्बन्धित कागजात र यसअघिका अभ्यास सबै समेटेर विस्तृत विवरण २४ घण्टाभित्र विभागमा पेस गर्न निर्देशन दिएको बताउनुभयो ।

आयल निगमले गत शुक्रबार हवाई इन्धनको मूल्य बढाएसँगै भाडा बढाउनुपरेको दावी संघको छ । निगमले हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसअघि प्रतिलिटर हवाई इन्धनको मूल्य ८२ रुपैयाँ बाट ८७ रुपैयाँ पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया