Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डबिरुद्ध शानदार जित हात पारेको छ ।

१ सय ८० रनको चुनौती पच्छ्याएको थाईल्याण्डलाई १९ दशमलव ३ ओभरमा ४६ रनमा समेट्दै नेपालले १ सय ३३ रनको फराकिलो जित हात पारेको हो । नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि घरेलु टोलीले लज्जास्पद हार ब्योहोरेको हो ।

सुर्य तामाङले २ तथा बिशाल बिक्रम लामा र निखिल कुमार सिंहले एकरएक विकेट हात पारे । उसका एक ब्याट्सम्यान रन आउट भएका थिए । नेपाली बलरसामु निरिह बनेका थाईल्याण्डका एक पुछारका एक ब्याट्सम्यान बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका ४ ब्याट्सम्यान खातै नखोली पभेलियन फर्किएका थिए ।

यसअघि बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर सकिन २ बल अगावै १ सय ७९ रनमा समेटिएको थियो । तृतराज दासले ३९ रन बनाएको नेपाली ईनिङसमा कुशल मल्लले २४ र सुनिल भण्डारीले २३ रन जोडे । नेपालका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर नछुदै पभेलियन फर्केका थिए । नेपालले दोस्रो खेलमा भोली हङकङको सामना गर्नेछ ।

समुह चरणको अन्तिम खेलमा नेपालले आगामी बिहिबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । ८ राष्ट्र सहभागी प्रतियोगीता राउन्ड रोविन लिगका आधारमा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया