Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  स्पेनिस जायन्ट रियल मडि्रडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् । लगातार दोस्रो पटक यस उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् ।

३२ वर्षीय स्ट्राइकर रोनाल्डोको अहम् प्रदर्शनले अघिल्लो सिजन रियल मडि्रडले घरेलु लिग ला लिगा साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यसक्रममा उनले ४२ गोल गरेका थिए ।

बालोन डि’ओर अवार्ड फ्रान्सेली फुटबल संघले हरेक वर्ष प्रदान गर्छ । सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली फुटबलले संयुक्त रुपमा यस अवार्ड प्रदान गर्थे ।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने कि ‘यस्तो उपलब्धी म हरेक वर्ष हासिल गर्न चाहन्छु ।’

‘रियल मडि्रडका टिममेटलाई धेरै धन्यबाद र मलाई यस स्तरमा पुर्‍याउन सहयोग गर्ने हरेकलाई धन्यबाद ।’ उनले भने ।

तपाईको प्रतिक्रिया