Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यसहित युएईले केही बेरमा जवाफी ब्याटिङ्ग थाल्नेछ ।

शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २२१ रन बनाउन सक्यो । नेपालको सम्मानजनक स्कोरको लागि शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । क्रिजमा टिकेर खेलेका शरदले अविजित रहँदै ८१ रन बनाए । शरदले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे ।

च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाइँमात्र हो । नेपालले घरेलु टोलीविरुद्ध शुक्रबार दोस्रो खेल खेल्नेछ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाँडेपछि नेपाल डिभिजन टु मा झरेको थियो । अब नेपाल र युएईले डिभिजन टु बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउनेछन् ।

डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया