Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आहा रारा गोल्डकपको १६ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

आयोजक सहारा क्लबले यसपटकको प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । यसपटक प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गर्ने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको बिजेताले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको थियो । यसपटक उपाधि रकममा बृद्धि हुने आयोजक साहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनुभयो ।

निर्माणाधिन पोखरा रंगशालामा हुने सो प्रतियोगितामा राष्ट्रिय लिग खेल्ने र बिदेशीसहित १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । यद्यपी सहभागी टोलीको टुंगो भने लाग्न बाँकि छ । प्रतियोगिताका लागि ९० लाख खर्च हुने अनुमान क्लबले गरेको छ ।

तपाईको प्रतिक्रिया